गोठमा आगलागी हुँदा बर्दियामा एक जनाको मृत्यु

गोठमा आगलागी हुँदा बर्दियामा एक जनाको मृत्यु

बर्दिया : ठाकुरबाबा नगरपालिका-४ मैनवारमा गएराति गोठमा आगलागी हुँदा एक जनाको ज्यान गएको छ। गोठ र परालको टौवामा बेलुका ८ बजे आगलागी भएको थियो।

आगलागी भएपछि गोठमा भएका पशु चौपाय निकाल्ने क्रममा ५८ वर्षीय लक्षिराम जैशीको आगोमा जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय भुरीगाउँले जनाएको छ।

गोठमा भएको आगलागी नियन्त्रण गर्ने क्रममा राति १० बजे तिर लछिराम जैशीको शव पुणर् रुपमा जलेको अवस्थामा फेला परेको प्रहरी जनाएको छ।

उनको शव पोष्टमार्टमका लागि बर्दिया अस्पताल गुलरिया पठाइएको छ। आगलागी भएपश्चात स्थानीयबासीले धारा र मोटरको पानीबाट आगो नियन्त्रणमा लिने प्रयास गरेका थिए।

पछि नेपाल प्रहरी, नगर प्रहरीले टयाक्टरमा जडित पानी ट्याङ्करबाट आगो नियन्त्रणमा लिने प्रयास गरेका थिए।

मधुवन नगरपालिका दमकलको सहायताले शशस्त्र प्रहरी, नेपाल प्रहरी, नगरप्रहरी र स्थानीयवासीले राती ११ बजे आगो नियन्त्रणमा लिएका थिए।

१८ फागुन, २०८०, ०८:४८:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।