बंगलादेशको बहुतले भवनमा आगलागी हुँदा ४३ जनाको मृत्यु, २२ जनाको अवस्था गम्भीर

बंगलादेशको बहुतले भवनमा आगलागी हुँदा ४३ जनाको मृत्यु, २२ जनाको अवस्था गम्भीर

एजेन्सी : बंगलादेशको एक बहुतले भवनमा आगलागी हुँदा कम्तीमा ४३ जनाको मृत्यु भएको छ।

स्थानीय सञ्चारमाध्यमका अनुसार राजधानी ढाकाको एक रेस्टुरेन्टमा बिहीबार राति १० बजे लागेको आगो एकदमै छिटो भवनभर फैलिएको थियो।

बंगलादेशका स्वास्थ्यमन्त्री सामन्त लाल सेनले ढाका मेडिकल कलेजमा महिला र बालबालिकासहित कम्तिमा ३३ जनालाई मृत घोषणा गरिएको बताए।

त्यसैगरी शहरको मुख्य जलन अस्पतालमा कम्तीमा १० जनाको मृत्यु भएको छ भने २२ जनाको अवस्था गम्भीर छ।

काची भाइ नामक रेस्टुरेन्ट भवन सातौं तलामा भएको डेली बंगलादेश समाचारपत्रले जनाएको छ। यसमा धेरै अन्य रेस्टुरेन्टहरू, कपडा पसलहरू, फोन पसलहरू थिए।

ग्यास लिए भएर आगलागी भएको हुनसक्ने बंगलादेशको फायर सर्भिस एन्ड डिफेन्स सर्भिसका प्रमुख मैन उद्दीनले बीबीसीसँग बताए।

समाचार एजेन्सी एएफपीका अनुसार सोहेल नामका रेस्टुरेन्टका प्रबन्धकले भने, ‘सिँढीबाट धुवाँ निस्किरहेको अवस्थामा हामी छैटौं तलमा थियौँ।’

‘धेरै मानिसहरू माथिल्लो तला दौडे। हामीले भवनबाट तल ओर्लन पानीको पाइप प्रयोग गर्यौं। डराएर सिँढीबाट हामीफाल्दा हामीमध्ये धेरै घाइते भएका छौँ।’

अर्का व्यक्ति मोहम्मद अल्ताफले भाँचिएको झ्यालबाट हाम फालेर आफ्नो ज्यान बचाएको रोयटर्सलाई बताए।

१८ फागुन, २०८०, ०७:५२:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।