सेप्टेम्बरमा आमा बन्दै दीपिका

सेप्टेम्बरमा आमा बन्दै दीपिका

एजेन्सी : बलिउड अभिनेत्री दीपिका पादुकोण आमा बन्न लागेकी छिन्। दीपिका आफैँले सामाजिक सञ्जालमार्फत् आफू गर्भवती भएको जनाएकी हुन्।

दीपिकाले पति रणवीर सिंहलाई ट्याग गर्दै एउटा पोस्ट गरेकी छिन्। जहाँ शिशुको लुगा, जुत्ता, खेलौना आदिले २०२४ सेप्टेम्बरलाई घेरेको छ। 

‘बेबी सेप्टेम्बर २०२४’ उनले लेखेकी छन्।

कयौँ दिनदेखि दीपिका गर्भवती रहेको चर्चा भइरहेको थियो। बाफ्टा अवार्ड्स २०२४ मा दीपिका साडीमा देखिएकी थिइन्। त्यतिबेला उनको बेबी बम्प देखिएको र उनले साडीले बारम्बार पेट छोपेपछि उनी गर्भवती भएको अफबाह चलेको थियो।

दीपिका र रणवीरले सन् २०१८ का नोभेम्बर १४ मा विवाह गरेका थिए।

१७ फागुन, २०८०, १४:३५:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।