०.८७ अंकले घट्यो नेप्से, कारोबार रकम दुई अर्ब माथि

०.८७ अंकले घट्यो नेप्से, कारोबार रकम दुई अर्ब माथि

काठमाडौं : बुधबार नेप्से परिसूचक ०.८७ अंकले घटेर २०००.७७ विन्दुमा बन्द भएको छ।

यसदिन दुई अर्ब तीन करोड ८१ लाख रूपैयाँको सेयर खरिद-बिक्री भएको छ। मंगलबार भने एक अर्ब ८६ करोड रुपैयाँको सेयर खरिद-बिक्री भएको थियो।

यसदिन तीन कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ। १० प्रतिशतले सेयर मूल्य वृद्धि हुनेमा विशाल बजार कम्पनी, बोटलर्स नेपाल (बालाजु) र बोटलर्स नेपाल (तराई) छन्।

विशाल बजार कम्पनीको सेयर प्रतिकित्ता चार हजार २६ रुपैयाँमा कारोबार भएको छ भने बोटलर्स नेपाल (बालाजु)को सेयर मूल्य प्रतिकित्ता १९ हजार ६४१ रुपैयाँ र बोटलर्स नेपाल (तराई)को प्रतिकित्ता १६ हजार १४४ रुपैयाँ ७० पैसामा करोबार भएको छ।

आज कारोबारमा आएका १३ समूहमध्ये ६ समूहको परिसूचक वृद्धि भएको छ। बाँकी समूहको परिसूचक भने घटेको छ।

सर्वाधिक परिसूचक वृद्धि हुनेमा व्यापार समूह छ। यो समूहको परिसूचक ५.५ प्रतिशतले वृद्धि भएर २८८०.३८ विन्दु कायम भएको छ।

त्यस्तै, उत्पादन तथा प्रशोधन समूहको परिसूचक ४.९६ प्रतिशतले वृद्धि भएर ६७११.९१ विन्दुमा बन्द भएको छ।

विकास बैंक समूहको परिसूचक भने १.११ प्रतिशत घटेर ३८८२.८४ विन्दुमा बन्द भएको हो।

१६ फागुन, २०८०, १६:१७:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।