खुद्रा व्यापारीहरूका लागि एनसेलको नयाँ स्किम, एकजनाले मोटरसाइकल जित्नसक्ने

खुद्रा व्यापारीहरूका लागि एनसेलको नयाँ स्किम, एकजनाले मोटरसाइकल जित्नसक्ने

काठमाडौं : एनसेलले आफूसँग आवद्ध रहेका खुद्रा बिक्रेता तथा साना पसल गर्ने व्यवसायीहरूलाई प्रोत्साहन र पुरस्कृत गर्न रिटेल इन्गेजमेन्ट प्रोग्राम लागू गरेको छ। यो कार्यक्रम देशभर रहेका ५०,००० हजार बढी खुद्रा बिक्रेताहरूलाई लक्षित रहेको एनसेलले जनाएको छ।

यसमा सहभागी हुने खुद्रा विक्रेताहरूले सिम कार्ड र प्याकहरूको बिक्री बापत निश्चित प्वाइन्ट आर्जन गर्ने अवसर पाउने छन्। यसरी आर्जन गरिएको प्वाइन्टहरूको आधारमा उनीहरूले टेलिभिजन, स्मार्टफोन, स्मार्टवाच, पावर बैंक र ब्लुटुथ स्पिकरहरू सहित विभिन्न आकर्षक उपहारहरू पाउन सक्ने एनसेलले जनाएको छ।

उनीहरूले एनसेल पसल एप मार्फत यसका सेवाहरू बिक्री गर्न सक्छन्।

यस् कार्यक्रम अन्तर्गत राम्रो कार्य गर्ने १,००० भन्दा बढी उत्कृष्ट खुद्रा विक्रेताहरूले विशेष उपहार वस्तुहरू प्राप्त गर्ने छन्। जसमा एक भाग्यशाली सहभागी खुद्रा विक्रेताले कार्यक्रमको अन्त्यमा एक बाइक जित्ने एनसेलले जनाएको छ।

एनसेलका अनुसार कार्यक्रममा ५०० भन्दा बढी फिल्ड फोर्स टोली सदस्यहरू संलग्न हुनेछन् भने प्रत्येक महिना १५० भन्दा बढी सदस्यहरूलाई उनीहरूको उत्कृष्ट कार्यका लागि प्रोत्साहन स्वरुप विभिन्न उपहारहरू प्रदान गरिन्छ।

१५ फागुन, २०८०, २१:१७:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।