संसद भवन प्रवेश गर्ने ४९ जनाविरुद्ध थुनामा राखेर अनुसन्धान गर्ने अनुमति

संसद भवन प्रवेश गर्ने ४९ जनाविरुद्ध थुनामा राखेर अनुसन्धान गर्ने अनुमति

काठमाडौं : संघीय संसद् भवन प्रवेश गर्ने लघुवित्तका ऋणीहरूलाई प्रहरीले थुनामा राखेर अनुसन्धान गर्ने भएको छ।

सोमबार संसद् भवन प्रवेश गर्ने ४९ जना पक्राउ परेका थिए।

सार्वजनिक शान्तिविरूद्धको कसुरमा जिल्ला प्रशासन कार्यालयबाट सात दिनको म्याद लिएर अनुसन्धान थालेको काठमाडौं प्रहरीका एसपी नवराज अधिकारीले जानकारी दिए। सोमबार निषेधित क्षेत्र तोडेर उनीहरू संसद् भवन प्रवेश गरेका थिए।

उनीहरूलाई काठमाडौंका विभिन्न प्रहरीको थुनामा राखिएको छ।

प्रहरी प्रधान कार्यालयले एसएसपी दिनेशराज मैनालीको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति समेत गठन गरेको छ। समितिमा जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारी र रानीपोखरीका डिएसपी दिनेश घिमिरे सदस्य छन्।

१५ फागुन, २०८०, १८:४३:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।