सार्वभौम सदनलाई लडाइँ र आरोप-प्रत्यारोपको थलो जस्तो बनाइयो : रवि लामिछाने

सार्वभौम सदनलाई लडाइँ र आरोप-प्रत्यारोपको थलो जस्तो बनाइयो : रवि लामिछाने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सार्वभौम सदनलाई लडाइँ र आरोप-प्रत्यारोपको थलो जस्तो बनाइएको बताएका छन्।

सोमबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले सभामुखले पटक-पटक रुलिङ गर्दा समेत सरकारले किन जवाफ दिन आनाकानी गरेको भन्दै सरकारलाई एकपछि अर्को गम्भीर आरोप लागेकाले यी विषयमा सदनमा आएर जवाफ दिन के ले रोकेको हो भन्दै प्रश्न गरेका हुन्। 

उनले सोधे, ‘सभामुखबाट रुलिङसमेत भइसकेको विषयमा सरकारका मन्त्रीहरूले आफूलाई लागेको गम्भीर आरोपको विषयमा सदनमा आएर उभिएर जवाफ दिन के ले रोकेको छ? किन किन यो यो निरन्तर मागिरहनु पर्ने भयो?’

मन्त्रीहरूमाथि लागेको आरोप निराधार हो भने तत्काल आएर सदनलाई जवाफ दिनुपर्ने सांसद लामिछानेको माग छ।

उनले सामन्तवादको अन्त्य गरे भन्दै ऐन जारी गरे पनि मिटरब्याज पीडितहरू किन फेरि काठमाडौं धाउने बाध्यता आयो भन्दै सरकारलाई प्रश्न गरे।

‘सदनमा द्वन्द्वको परिस्थिति छ, सडकमा उस्तै छ। सडकमा दूध फालेर किसान आन्दोलन गरिरहेका छन्। सरकारले सदनमा विरोध गर्ने ठाउँ दिएको छ। यहाँ उभिएर जवाफ दिनुको सट्टा यो मिडियामा गएर ओठे जवाफ दिने?,’ उनले प्रश्न गरे।

१४ फागुन, २०८०, १४:४३:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।