सेयर बजार निरन्तर ओरालो, दुई हजार तल पुग्यो परिसूचक

सेयर बजार निरन्तर ओरालो, दुई हजार तल पुग्यो परिसूचक

काठमाडौँ : गत साताको कारोबार सेयर कारोबारीहरूका लागि सुखद भएन। निरन्तर ओरालो लागेर बन्द भएको बजार यो साताको पहिलो दिन पनि ओरालो लागेरै बन्द भयो।

आइतबार नेप्से परिसूचक २६.८१ अङ्कले घटेर २ हजार तल पुग्यो। परिसूचक १९७९.०२ विन्दुमा कायम भएर आइतबारको बजार बन्द भयो। आइतबार सेन्सेटिभ इन्डेक्स  १.५९ अङ्कले घटेर ३५३.८३ विन्दुमा अडियो। आइतबार तीन सय १७ कम्पनीको ८५ लाख ४६ हजार ९३० कित्ता सेयर  ३ अर्ब ८ करोड ६९ लाख ५१ हजार ७० रुपैयाँमा खरिदबिक्री भएको थियो।

दोहोरो अङ्कले घटेको सेयर बजारमा चिरख्वा हाइड्रोपावरको सेयर ८.५५ प्रतिशतले बढ्दा धवलागिरि  लघुवित्त वित्तीय संस्थाको ६.६६,गुराँस फाइनान्सको ५.१६ र सन नेपाल लाइफ इन्स्योरेन्सको ५.०४ प्रतिशतले बढ्यो।

कारोबार रकमका आधारमा सन नेपाल लाइफ इन्स्योरेन्स शीर्षस्थानमा रह्यो। आइतबार २ उपसमूहबाहेक अन्यको सूचक नकारात्मक देखिएका छन्। फाइनान्स र मनु एन्ड प्रो उपसमूहबाहेक अन्यको सूचक घट्यो।  

१३ फागुन, २०८०, १६:५६:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।