लोक सभा निर्वाचनअघि भारतमा आम आदमी पार्टी र कंग्रेसबीच गठबन्धन, सिट बाँडफाँटमा पनि सहमति

लोक सभा निर्वाचनअघि भारतमा आम आदमी पार्टी र कंग्रेसबीच गठबन्धन, सिट बाँडफाँटमा पनि सहमति

एजेन्सी : आगामी लोकसभा निर्वाचनका लागि भारतमा आम आदमी पार्टी र कंग्रेस आईले गठबन्धन गरेका छन्।

उनीहरूले निर्वाचनका लागि लागि सिट बाँडफाँटमा समेत सहमति गरिसकेका छन्। दुवै पार्टीले संयुक्त पत्रकार सम्मेलनमा यसबारे जानकारी दिएका हुन्।

सहमतिअनुसार दिल्लीमा दुवै दल मिलेर चुनाव लड्नेछन्। आम आदमी पार्टीले चार सिटमा चुनाव लड्दा कांग्रेसले तीन सिटमा प्रतिस्पर्धा गर्नेछ।

गुजरातको २६ सिटमध्ये २४ सिटमा कांग्रेसले चुनावमा उम्मेदवार उठ्दा आम आदमी पार्टीले दुई सिटमा मात्र उम्मेदवार उठाउँदैछ।

हरियाणामा कांग्रेसले ९ सिट र आम आदमी पार्टीले एउटा सिटमा चुनाव लड्नेछ। त्यसैगरी चण्डीगढमा कांग्रेसले मात्र चुनाव लड्नेछ भने गोवामा पनि कांग्रेसका उम्मेदवारहरू मात्रै उम्मेदवार हुनेछन्।

पञ्जाबमा भने दुवै दलले छुट्टा-छुट्टै चुनाव लड्नेछन्।

१२ फागुन, २०८०, १३:१०:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।