तालिबान सरकारद्वारा फुटबल रंगशालामा दुई जनालाई फाँसी

तालिबान सरकारद्वारा फुटबल रंगशालामा दुई जनालाई फाँसी

एजेन्सी : तालिवान प्रशासनले गजनी प्रान्तमा हत्याका दुई अभियुक्तलाई खुला रूपमा फाँसी दिएको छ।

तालिबानद्वारा सञ्चालित सर्वोच्च अदालतको वेबसाइटमा बिहीबार यसको जानकारी दिइएको हो।

वेबसाइटमा जारी विज्ञप्तिमा पहिलो अभियुक्त वरदक प्रान्तस्थित सैयदाबाद जिल्लाका सैयद जमाल रहेका छन्।

उनीमाथि २ डिसेम्बर २०१७ मा आफ्नै इलाकाका आमिर मोहम्मदको चक्कु प्रहार गरी हत्या गरेको अभियोग थियो।

दोस्रो अभियुक्त गजनी प्रान्तको अन्दार जिल्लाका गोल खान हुन्। उनीमाथि जनवरी २, २०२२ आफ्नै जिल्लाका मोहम्मद कासिमको चक्कु प्रहार गरी हत्या गरेको आरोप लागेको थियो।

यी घटनाहरू बारम्बार र सटीक रूपमा तीन पुनरावेदन अदालतहरूमा र पछि तालिवान नेता हिबतुल्लाह अखुन्दजादाद्वारा जाँच गरिएको थियो।

अखुन्दजादाले दुवैलाई मृत्युदण्डको सजाय अनुमोदन गरे र यो सजाय अली लाला गाउँको फुटबल रंगशालामा दिइएको हो।

सो अवसरमा पदाधिकारी र सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो।

फागुन ११, २०८० शुक्रबार ०७:३२:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।