प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं : प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।

बैठकमा सांसद प्रेम सुवालले राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक २०८० प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।

त्यसैगरी उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले ‘राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन), विधेयक २०८०’ प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालय अन्तर्गत प्रतिनिधिसभाका महासचिव पद्मप्रसाद पाण्डेयले जनाएका छन्।

१० फागुन, २०८०, ०७:५४:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।