तनहुँमा अनियन्त्रित भई जिप पल्टिँदा एकको मृत्यु, सात घाइते

तनहुँमा अनियन्त्रित भई जिप पल्टिँदा एकको मृत्यु, सात घाइते

काठमाडौं : तनहुँको आँबुखैरेनी गाउँपालिका- २ नारीघाटमा गए राति भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।

डुम्रेबाट आँबुखैरेनी जाँदै गरेको बा १६ च ४९१८ नम्बरको बोलेरो जिप अनियन्त्रित भई सडक छेउमा पल्टिँदा जिपमा सवार चितवनका २२ वर्षीय सागर गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए।

उनका अनुसार गुरुङको पुरानो मेडिकल कलेज चितवनमा उपचारका क्रममा मृत्यु भएको हो।

दुर्घटनामा चितवनका २२ वर्षीय डम्बरबहादुर गुरुङ, सोही ठाउँका २४ वर्षीय कमल गुरुङ, ४६ वर्षीय रुद्रबहादुर चेपाङ, १८ वर्षीय जित गुरुङ, १९ वर्षीय रुपक गुरुङ, टेस्टबहादुर गुरुङ र गोरखाका ३० वर्षीय पूर्ण गुरुङ घाइते भएका छन्।

घाइतेमध्ये ६ जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ भने पूर्ण गुरुङ उपचारपश्चात् घर फर्किएको प्रहरीले जनाएको छ।

जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

६ फागुन, २०८०, ०८:२२:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।