चरम आर्थिक संकटमा इजिप्ट, अलेक्जेन्डर द ग्रेटले स्थापना गरेको शहर नै बेच्ने तयारीमा

चरम आर्थिक संकटमा इजिप्ट, अलेक्जेन्डर द ग्रेटले स्थापना गरेको शहर नै बेच्ने तयारीमा

एजेन्सी : विदेशी मुद्रा सञ्चितिमा अप्रत्याशित गिरावटका कारण इजिप्टले अहिले गम्भीर आर्थिक संकटको सामना गरिरहेको छ।

आर्थिक संकटका कारण शहर बेच्न समेत तयार रहेको इजिप्टले अहिले विदेशी मुद्रा सञ्चिति बढाउन र आर्थिक भार कम गर्न राजधानी कायरोबाट करिब ३५० किलोमिटर उत्तर-पश्चिममा रहेको रस अल हिक्मा क्षेत्र संयुक्त अरब इमिरेट्सलाई २२ अर्ब डलरमा बेच्न तयार छ।

उक्त शहरले अफ्रिकामा ढुवानी र आपूर्तिको लागि प्रमुख बन्दरगाहको लागि टर्कीलाई सहजता प्रदान गर्ने छ।

अलेक्जेन्ड्रिया सहरको स्थापना अलेक्जेन्डर द ग्रेटले गरेका थिए। यो शहर धेरै सभ्यताहरूद्वारा कब्जा गरिएको छ। अलेक्जान्ड्रिया सहरमा बस्ने टर्कीहरूसँग बलियो सांस्कृतिक र ऐतिहासिक सम्बन्ध स्थापित भएको थियो।

त्यसकारण पनि टर्कीसँग अलेक्जान्ड्रियाको गहिरो ऐतिहासिक र सांस्कृतिक सम्बन्ध रहेकाले अलेक्जान्ड्रिया टर्कीलाई भाडामा वा बिक्री गर्दा दुई देशबीचको ऐतिहासिक र सांस्कृतिक सम्बन्धलाई मजबुत बनाउने मात्र नभई दुवै पक्षले धेरै क्षेत्रमा आर्थिक लाभ लिन सक्ने बताइएको छ।

५ फागुन, २०८०, १४:३२:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।