हेमन्त शर्माले गाए लोक दोहोरी गीत, अनुपविक्रम शाही र कविता नेपालीको छमछमी

हेमन्त शर्माले गाए लोक दोहोरी गीत, अनुपविक्रम शाही र कविता नेपालीको छमछमी

काठमाडौं : दीपक शर्माको शब्द तथा संगीतमा ‘धर्तीमाथि जुन’गीतको भिडियो रिलिज भएको छ।

गीतमा हेमन्त शर्मा र बिन्दु पौडेलको स्वर छ। गीतको भिडियोलाई हेमन्त शर्माले आफ्नै युटुब च्यानलमार्फत रिलिज गरेका हुन्।

गीतको भिडियोमा अनुप बिक्रम शाही, कविता नेपालीले अभिनय गरेका छन्। भिडियोमा युवायुवतीबीचको एकअर्काका लागि धर्मीमा जन्मिएको भन्ने भाव प्रस्तुत गरिएको छ।

लोक लयमा रहेको गीतको भिडियो निकै सुन्दर देखिन्छ। आधुनिक गायकको छवि बनाएका शर्माले खासै लोक गीत गाएका छैनन्।

संगीतकार शर्माले उकेरासँगको कुराकानीमा आफुलाई पछिल्लो समय निकै आश लाग्दो गीत बनेको बताए।

‘पछिल्लो समय गीत संगीत सुस्ताइरहेको अवस्थामा यस गीतले केहि माथि उठाउन सक्ने अनुमान गरेको छु’, शर्माले भने।

नवराज उप्रेतीले खिचेको गीतको भिडियो अमृत चापागाईंले सम्पादन गरेका हुन्। भिडियालाई मौसमी हिमालीले निर्देशन गरेका छन्।

५ फागुन, २०८०, ११:५५:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।