प्रहरीले गोली हानेर श्रीमतीको हत्या गरे, मृतक पनि प्रहरी नै

प्रहरीले गोली हानेर श्रीमतीको हत्या गरे, मृतक पनि प्रहरी नै

काठमाडौँ : प्रहरीले श्रीमतीलाई बन्दुकले हानेर हत्या गरेका छन्। मृतक महिला समेत प्रहरी नै हुन्।

दाङको घोराहीको दामोदर चोकमा डिउटीमा रहेकोबेलामा महिला प्रहरी धनमाया थापालाई उनको श्रीमान् यमबहादुर झाँक्रीले गोली हानेका हुन्।

धनमायाको दरबन्दी दाङ थियो। उनको श्रीमान् नेपालगन्जमा कार्यरत थिए। उनी दाङ आएर श्रीमतीलाई गोली हानेर हत्या गरेर भागेका थिए। भाग्दै गरेका यामबहादुरलाई अर्जुनखोलामा प्रहरीले पक्राउ गरेको थियो।

४ फागुन, २०८०, १६:५७:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।