काठमाडौं विश्वविद्यालयमा अन्तर्राष्ट्रिय उपकुलपति सभा तथा भारत-नेपाल उच्च शिक्षा शिखर सम्मेलन आयोजना हुँदै

काठमाडौं विश्वविद्यालयमा अन्तर्राष्ट्रिय उपकुलपति सभा तथा भारत-नेपाल उच्च शिक्षा शिखर सम्मेलन आयोजना हुँदै

काठमाडौं : काठमाडौं विश्वविद्यालयले फागुन तीन देखि पाँच गते (फेब्रुअरी १५–१७) सम्म उत्तर क्षेत्रीय अन्तर्राष्ट्रिय उपकुलपति सभा तथा भारत–नेपाल उच्च शिक्षा शिखर सम्मेलन गर्ने भएको छ। सो शिखर सम्मेलन धुलिखेलस्थित विश्वविद्यालयको मुख्य परिसरमा हुने भएको छ।

भारतीय विश्वविद्यालय संघको आयोजना तथा काठमाडौं विश्वविद्यालयको तत्वावधानमा आयोजित सभा तथा सम्मेलनमा नेपाल, भारत, बाङ्लादेश, मलेसिया, थाइल्यान्ड, लगायत देशका एक ५० विश्वविद्यालयका उपकुलपति तथा शिक्षाविद्हरुको उपस्थिति हुने काठमाडौं विश्वविद्यालयले जनाएको छ।

विश्वले उच्चशिक्षाको क्षेत्रमा भोगिरहेको समकालीन मुद्दा ‘भूमण्डलीकरण र उच्च शिक्षाको अन्तर्राष्ट्रियकरण’ मूल–विषय रहेको सा सम्मेलनमा उच्च शिक्षाको अन्तर्राष्ट्रियकरण, अन्तर–विश्वविद्यालय सहकार्य, वैश्विक उच्च शिक्षा नीति जस्ता विषयमा छलफल हुनेछ।

काठमाडौं विश्विद्यालयका प्रवक्ता एक्कुमाया पुनद्वारा जारी विज्ञप्तिमा हालसम्म करीब दुई २७ सहभागीहरू सहभागिताका लागि आउने निश्चित भएको विश्वविद्यालयले जनाएको छ। सभा तथा सम्मेलनमा अधिकांश सहभागीहरू भारतीय विश्वविद्यालयबाट हुनेछन् भने दक्षिणपूर्वी एसियाली क्षेत्र, युरोप र अफ्रिकाका विश्वविद्यालयका प्रतिनिधि समेत सहभागी हुनेछन्।

अन्तर्राष्ट्रिय उपकुलपति सभाले उच्च शिक्षण संस्थामा भूमण्डलीकरणको प्रभाव पत्ता लगाउने, अन्तर्राष्ट्रिय सहयोग र विचारहरूको आदानप्रदानलाई प्रोत्साहित गर्ने काठमाडौं विश्वविद्यालयले जनाएको छ। साथै, सभा साझा सन्जाल निर्माण, उत्तम साझेदारी अभ्यास, तथा पारस्परिक सहयोग आदानप्रदानको दिशामा कोशेढुंगा सावित हुने विश्वास छ।

सभाले विभिन्न क्षेत्रका शैक्षिक समुदायहरू, विशेष गरी दक्षिण एसियाली क्षेत्र भित्रका शैक्षिक समुदायहरू बीच सांस्कृतिक विचार आदान प्रदानलाई पनि बढावा दिइने आयोजकले जनाएको छ। सम्मेलनको अवधिमा सहभागीहरूले उच्च शिक्षालाई अन्तर्राष्ट्रियकरण गर्ने प्रभावकारी रणनीतिहरूको बारेमा छलफल गर्नेछन्, जसमा, विद्यार्थी आदानप्रदान, संयुक्त अनुसन्धान, र पाठ्यक्रम विकास सहितका विषयहरु समावेश छन्।

अन्तर्राष्ट्रिय उपकुलपति सभामा मुलतः तीन प्राविधिक सत्रहरू हुनेछन्। पहिलो सत्र इन्टरनेश्नले कोलाबोरेशन एण्ड पार्टनरसिपः बिल्डिङ फर हाइयर इजुकेशन विषयमा रहेको छ। जसमा सहभागीहरूले अनुसन्धान साझेदारी, विद्यार्थी आदानप्रदान कार्यक्रम, संयुक्त डिग्री कार्यक्रम, र प्राज्ञिक साझेदारीका फाइदाबारे छलफल गर्दै उच्च शिक्षाको क्षेत्रमा अन्तर्राष्ट्रिय सहयोगका साझा मार्ग निर्माणमा केन्द्रित  हुनेछन्।

दोस्रो सत्र ग्लोबल हाइयर एजुकेशन पोलिसी र रेगुलेशनः हार्मोनाइजिङ स्ट्याण्डर्डमा गुणस्तर सुनिश्चितता तथा प्रत्यायन संयन्त्र, विदेशी मान्यता, सामन्जस्य जस्ता नियमन र नीति निर्माणका साझा मुद्दाहरु जस्ता विषयहरूमा छलफल हुने आयोजकले जनाएको छ। जसले विश्वव्यापी उच्च शिक्षामा नियमन र नीतिगत प्रष्टता सहित आगामी कार्यदिशा पहिल्याउने प्रयास हुनेछ आयोजकले जनाएको छ।

यसैगरी, तेस्रो सत्र स्टुडेन्ट मोविलिटी एण्ड डाइभर्सीटी : इन्ह्यान्सिङ इन्टरनेश्नल एक्सपेरियन्समा विद्यार्थी गतिशीलता र त्यसको विविधताका अन्तर्राष्ट्रिय अनुभवका बारेमा छलफल हुनेछ। आयोजकका अनुसार छलफल विद्यार्थी आदानप्रदान कार्यक्रमहरु प्रवर्धन गर्ने तरिकाहरूमा केन्द्रित हुनेछ। जसमा विश्वविद्यालयमा समावेशीता, सदासयता र सांस्कृतिक विविधताका विविध पक्षको शैक्षिक वातावरण विकास हुनेछ।

आ–आफ्ना विशिष्ठिकृत अनुभव र दृष्टिकोणकोलाई उच्चाशिक्षाको साझा समृद्धिमा रुपान्तरण गर्दै भूमण्डलीकृत संसारमा साझा सफलता खोज्नु अन्तर्राष्ट्रिय उपकुलपति सभाको मुख्य उद्देश्य हो। यस कन्सोर्टियमको प्रमुख उद्देश्य विश्वविद्यालयहरूको समसामयिक सरोकारहरूमा छलफल गर्दै उच्च शिक्षाको विकास र विकासमा सक्रीय रूपमा संलग्न हुनु हो।

१ फागुन, २०८०, ०९:२९:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।