फुटपाथ व्यवसायीहरूले गरे काठमाडौं महानगरको कार्यालय घेराउ

फुटपाथ व्यवसायीहरूले गरे काठमाडौं महानगरको कार्यालय घेराउ

काठमाडौं : विभिन्न मागसहित फुटपाथ व्यवसायीहरूले काठमाडौं महानगरपालिकाविरुद्ध प्रदर्शन गरेका छन्।

आइतबार राष्ट्रिय स्वरोजगार व्यवसायी संघ, नेपाल सडक व्यापार व्यवसायी संघ र फुटपाथ व्यापारीहरूले संयुक्त रूपमा महानगरको विरोध प्रदर्शन गरेका हुन्। उनीहरूले काठमाडौं महानगरपालिकाको कार्यालय घेराउ समेत गरेका छन्।

प्रदर्शनका क्रममा फुटपाथ व्यवसायी भीमा खड्काले महानगरपालिकाले वार्ताको नाटक गर्दै वार्ता एकलौटी भंग गरेको आरोप लगाइन्।

उनले आफूहरूले फुटपाथ व्यवसायीहरूलाई बाच्न दिन आग्रह गर्दा महानगरले राति आएर आफ्ना सामानहरू लुटेर लिएर गएको बताइन्।

व्यवसायीहरूले स्वरोजगार व्यापारीहरूले गरिखान पाउनुपर्ने र उचित र वैकल्पिक ठाउँ दिनुपर्ने बताएका छन्। महानगरपालिका व्यापारीको व्यवस्थापन भन्दा पनि बेरोजगार बनाउन उद्धत भएको उनीहरूको आरोप छ।

२८ माघ, २०८०, १४:५१:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।