रौतहट पुगेर ओलीले भने, ‘माधव नेपालले अर्कोपटक चुनाव जित्दैनन्’

काठमाडौं : एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालले अर्कोपटक चुनाव नजित्ने टिप्पणी गरेका छन्।
बिहीबार एमाले रौतहटको १० औँ जिल्ला अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई अब जनताले विश्वास गर्न छाडिसकेको भन्दै अर्कोपटक चुनाव नजित्ने बताए।
चर्को आलोचना गर्दै अध्यक्ष ओलीले नेपालले एमालेलाई धोका दिएको आरोप लगाए।
ओलीले नेता नेपाल विदेशी र प्रतिक्रियावादीहरूको मतियार भएर अरूको सरकार बनाउँदै पछि-पछि हिँडेको समेत बताए।
नेपालले आफूसँग बोलचाल छैन भन्दै हिँडेको उल्लेख गर्दै ओलीले त्यसले आफूलाई कुनै फरक नपर्ने बताए।
उनले वर्तमान सरकारले देश र जनताका लागि कुनै नयाँ कार्यक्रम गर्न नसकेको बताए।
जिल्ला अधिवेशन कार्यक्रममा अध्यक्ष शर्मा ओलीलाई रौतहटको गरुडास्थित १०१ किलोको माला लगाएर स्वागत समेत गरिएको थियो।
माघ २५, २०८० बिहीबार २१:३७:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।