फागुन ६ गतेको प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर

फागुन ६ गतेको प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर

काठमाडौं : आगामी फागुन ६ गते बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर कार्यक्रम हुने भएको छ।

बुधबार बसेको बैठकबाट सभामुख देवराज घिमिरेले फागुन ६ गते संसदहरूले प्रधानमन्त्रीलाई प्रश्न गर्ने कार्यक्रम राखिएको जानकारी दिए।

सभामुख घिमिरेले प्रश्नोत्तर कार्यक्रमका लागि फागुन २ गते दिउँसो ३ बजेभित्र सांसदहरूलाई लिखित प्रश्न दर्ता गराउन समेत जनाएका छन्।

प्रतिनिधिसभाको अर्को बैठक फागुन ६ गते बिहान ११ बजे बस्ने गरी आजको बैठक स्थगन भएको छ।

२४ माघ, २०८०, १८:०९:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।