कलाकार सरिता लामिछानेलाई २६ औं सिम्पल आर्ट्स् सम्मान

कलाकार सरिता लामिछानेलाई २६ औं सिम्पल आर्ट्स् सम्मान

काठमाडौं : सिम्पल आर्ट्सले कलाकार सरिता लामिछानेलाई २६ औँ सिम्पल सम्मान प्रदान गर्ने निर्णय गरेको छ।

प्रत्येक वर्ष साहित्य, संगीत, कला र सामाजिक क्षेत्रका पाँच जना प्रतिभालाई सिम्पल सम्मान प्रदान गर्दै आएको संस्थाले यसपटक कलाकार लामिछानेसहित ५ जनालाई सम्मान गर्ने भएको हो।

संस्थाका संस्थापक अध्यक्ष सङ्गीतकार तथा निर्देशक केशव सान्दाइको अध्यक्षतामा बसेको बैठकले कलाकार लामिछानेसहित साहित्यकार मधुसूदनप्रसाद घिमिरे, निर्माता तथा वितरक सरोज शर्मा, गायक तथा सङ्गीतकार सूर्य दयालु र शिक्षासेवी केदारप्रसाद तिमल्सिनालाई सिम्पल सम्मान २०८० प्रदान गर्ने निर्णय गरेको हो।

साहित्यकार तथा कलाकार विक्रम श्रेष्ठ सागर संयोजक, कलाकार करुणा पोखरेल र कलाकार जमुना पोखरेल कोइराला सदस्य रहेको प्रतिभा चयन समितिले सिफारिस गरेको नामलाई बैठकले अनुमोदन गरेको बताइएको छ।

सम्मान आगामी फागुन १२ गते एक कार्यक्रम बीच समर्पण गरिने सिम्पल आर्ट्सका संस्थापक तथा पूर्व अध्यक्ष कथाकार विमल कोइरालाले बताए।

२३ माघ, २०८०, १७:४२:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।