चितवनमा खाना अड्किएर एक जनाको मृत्यु

चितवनमा खाना अड्किएर एक जनाको मृत्यु

काठमाडौं : चितवनको कालिका नगरपालिकामा खाना अड्किएर एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा कालिका नगरपालिका-६ शान्तिटोलका ६८ वर्षीय आइतराम कुमाल रहेका छन्।

साँझ सवा सात बजे कुमाल आफ्नै घरमा खाना खाने क्रममा अड्किएर बेहोस भएका थिए।

उपचारका लागि भरतपुर अस्पताल लगिएकोमा उनको अस्पतालमा राति पौने ९ बजे मृत्यु भएको हो।

२३ माघ, २०८०, ०९:४३:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।