बेलायती राजा चार्ल्सलाई क्यासर भएको पुष्टि

बेलायती राजा चार्ल्सलाई क्यासर भएको पुष्टि

एजेन्सी : बेलायती राजा चार्ल्सलाई क्यान्सर भएको छ।

क्यान्सर पुष्टि भएसँगै राजा उनको उपचार शुरु भएको बकिङ्घम प्यालेसले जनाएको छ।

भर्खरै बढेको प्रोस्टेटको लागि उपचारको क्रममा उनमा क्यान्सर पत्ता लागेको थियो।

दरबारले राजालाई कस्तो प्रकारको क्यान्सर भएको हो भन्नेबारे बताएको छैन। 

क्यान्सर भएसँगै ७५ वर्षीय चार्ल्सलाई सार्वजनिक कार्यक्रम स्थगित गर्न चिकित्सकले सल्लाह दिएका छन्।

यद्यपि प्रधानमन्त्री ऋषि सुनकले भने उनलाई साप्ताहिक रूपमा भेट्ने बीबीसीले जनाएको छ।

यसैबीच राजकुमार ह्यारी आफ्ना बुबालाई भेट्न अमेरिकाबाट बेलायत जाने भएका छन्।

माघ २३, २०८० मंगलबार ०७:४२:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।