घरमा आगो लागेपछि सुतिरहेकी बहिनीलाई बचाउन गएका थिए, न बहिनी बाँचिन् न आफू बाँचे

घरमा आगो लागेपछि सुतिरहेकी बहिनीलाई बचाउन गएका थिए, न बहिनी बाँचिन् न आफू बाँचे

काठमाडौं : मुगुको खत्याड गाउँपालिका–२ गाडेखोलाका १४ वर्षीय विशाल सन्ज्याल र उनकी बहिनी १२ वर्षीय झरना सन्ज्यालको जलेर मृत्यु भएको छ।

आमा सरस्वतीले जस्तापाताले छाएको कच्ची घरको भुईँ कोठामा आगो बाली सुतिरहेको अवस्थामा आगलागी भएपछि घरभित्र रहेका छोरा/छोरी फेला नपरेको भन्दै प्रहरीलाई खबर गरेकी थिइन्।

खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय रातापानी तथा प्रहरी चौकी श्रीकोटरोलबाट खटिएको प्रहरीले स्थानीय बासिन्दाको सहयोग आगो निभाएको थियो।

आगो निभाउने क्रममा दुवै जनाको शव फेला परेको प्रहरीले जनाएको छ। घरमा आगलागी हुँदा सुतिरहेकी बहिनीलाई बचाउन जाँदा विशालको पनि मृत्यु भएको प्रहरीले जनाएको हो।

२२ माघ, २०८०, १९:३९:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।