चिनियाँ मुलका अस्ट्रेलियन लेखकलाई चीनमा ‘सस्पेन्डेड डेथ’को सजाय

चिनियाँ मुलका अस्ट्रेलियन लेखकलाई चीनमा ‘सस्पेन्डेड डेथ’को सजाय

एजेन्सी : चिनियाँ मुलका अस्ट्रेलियन लेखक डाक्टर याङ हेङजुनलाई चीनको एक अदालतले ‘सस्पेन्डेड डेथ’को सजाय सुनाइएको छ।

चीनको कानुनअनुसार सस्पेन्डेड डेथको सजाय सुनाइएको व्यक्तिलाई तत्काल मृत्युदण्ड नदिई दुई वर्ष जेलमा राखिन्छ।

दुई वर्षको अवधिमा मृत्युदण्डको सजाय आजीवन काराबासको सजायमा पनि बदलिन सक्छ। हेङजुनको मुद्दामा पनि यस्तै हुने आँकलन गरिएको छ।

डाक्टर याङ चीन मामिलामा लेखिरहेका लेखक हुन्। पाँच वर्षअघि जासुसीको आरोपमा उनी चीनमा पक्राउ परेका थिए।

अस्ट्रेलियाका विदेशमन्त्री पेनी वोङका अस्ट्रेलियाली सरकार लामो समयदेखि उनको रिहाइको प्रयास गरिरहेको छ। विदेशमन्त्री वोङले अहिलेको फैसलाबाट आफूहरू अचम्ममा परेको बताएका छन्।

यसअघि चीनको सुरक्षा मन्त्रालयमा काम गरेका याङ प्रसिद्ध लेखक तथा उपन्यासकार हुन्। ‘डेमोक्रेसी पेडलर’ नामले परिचित उनी चीनको मामिलामा ब्लग लेख्ने गर्छन्।

५७ वर्षीय याङको मुद्दाको सुनुवाइ बन्द इजलासमा भएको थियो।

माघ २२, २०८० सोमबार १३:५१:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।