माल्दिभ्सबाट आफ्ना सेना हटाउन भारत सहमत

माल्दिभ्सबाट आफ्ना सेना हटाउन भारत सहमत

एजेन्सी : भारतले माल्दिभ्समा रहेको आफ्नो सेना हटाउने भएको छ।

भारत र माल्दिभ्सबीच भारतीय सेना हटाउने विषयमा सहमति भएको माल्दिभ्सको विदेश मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।

दुवै देशले भारतले मार्च १०, २०२४ सम्ममा तीनवटा उड्डयन प्लेटफर्महरूमध्ये एउटाबाट सेना फिर्ता गर्ने सहमति गरेका छन्।

बाँकी दुई प्लेटफर्मबाट मे १०, २०२४ सम्ममा सेना फिर्ता गरिने समाचारमा उल्लेख छ।

माल्दिभ्सको नयाँ सरकारले भारतीय सेना हटाउन माग गरेपछि भएको दोस्रो उच्चस्तरीय बैठकमा यस्तो सहमति बनेको हो।

तेस्रो उच्चस्तरीय बैठक फेब्रुअरीको अन्तिममा हुनेछ।

माल्दिभ्समा भारतका ८० सेना छन्। भारतले दिएको हेलिकप्टर मर्मत तथा अन्य सहयोगका लागि भन्दै भारतीय सेना माल्दिभ्समा छ।

माघ २०, २०८० शनिबार ०७:५७:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।