अमेरिकी सिनेटको आक्रमक बहसमा मार्क जुकरबर्गले पीडित परिवारसँग माफी मागे

अमेरिकी सिनेटको आक्रमक बहसमा मार्क जुकरबर्गले पीडित परिवारसँग माफी मागे

एजेन्सी : अमेरिकी सिनेटको आक्रमक बहसमा मेटाका सीईओ मार्क जुकरबर्गले सामाजिक सञ्जालका कारण ज्यान गुमाएका परिवारहरूसँग माफी मागेका छन्।

फेसबुक, इस्टाग्राम र ह्वाट्सएपको माउ कम्पनी मेटाका सीईओ जुकरबर्गमाथि सिनेटरहरूले आक्रमक प्रश्न तेर्स्याएपछि उनले पीडित परिवारहरूतर्फ फर्कँदै माफी मागेका हुन्।

सिनेटरहरूले जुकरबर्गतर्फ फेसबुकमा राखिएको बाल यौनशोषणको सामग्री भएको पोस्ट देखाउँदै त्यहाँ देखाइएको दुई विकल्पहरू ‘गेट रिसोर्सेस’ र ‘सी रिजल्ट एनीवे’बारे सोधे, ‘मिस्टर जुकरबर्ग आखिर तपाईं के सोचिरहनुभएको छ?’

जसको जवाफमा उनले आफूले यस विषयमा व्यक्तिगत रूपमै गम्भीर रहेको र यसका लागि काम गर्ने प्रतिवद्धता जनाए।

लगत्तै अर्का सिनेटरले उनलाई पछाडि बसेका पीडित परिवारहरूसँग माफी माग्न निर्देशन दिएका थिए।

त्यसपछि जुकरबर्ग उठेर पछाडि फर्किए अनि त्यहाँ रहेका पीडित परिवारहरूसँग माफी माग्दै भने, ‘तपाईंहरू जुन अवस्थाबाट गुज्रिरहनुभएको त्यसको लागि खेद प्रकट गर्छु। यो एकदमै भयानक हो। तपाईंको परिवारले जे झलेको छ, यस्तो कसैलाई पनि भोग्नु नपरोस्।’

उनीसँगै टिकटक, स्न्यापच्याट, एक्स र डिस्कार्डका प्रतिनिधिहरूसँग अमेरिकी सिनेटका सदस्यहरूले  करिब चार घण्टा बयान गरेका थिए। कम्पनीहरूले बालबालिकाको सुरक्षाको लागि के गरिरहेका छ भन्ने विषयमा समेत जान चाहेका थिए।

अमेरिकी सिनेटरहरूको लागि टेक्नोलोजी कम्पनीका मालिकहरूसँग प्रश्न सोध्ने दुर्लभ अवसर थियो। जुकरबर्ग र टिकटककमा सीईओ शा जी च्यू स्वेच्छिक रूपमा बयानका लागि सहमत भएका थिए।

स्न्याप, एक्स र म्यासेजिङ प्लेटफर्म डिस्कार्डका प्रमुखले बयानका लागि अस्वीकार गरेका थिए। तर सरकारले लगातार ताकेता गरेपछि उनीहरू पनि बयानमा सहभागी भएका हुन्।

पाँच सामाजि सञ्जाल प्लेटफर्मका मालिकहरूको पछाडि बसेका पीडित परिवारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीका कारण आफ्ना छोराछोरीले आत्महत्या गरेको बताइरहेका थिए।

उनीहरूले सिनेटरले सोधेको कठिन प्रश्नमा ताली बजाएर आफ्नो भावना प्रस्तुत गरिरहेका थिए। सुनुवाइको अधिकांश समय बालबालिकालाई अनलाइन यौन शोषणबाट बचाउनेतर्फ केन्द्रीत थियो।

चिनियाँ कम्पनी बाइटडान्ससँग स्वामित्व रहेको टिकटकका सीईओ च्यूसँग अमेरिकी प्रयोगकर्ताको डेटा चिनियाँ सरकारलाई दिने गरेको आरोप सिनेटरहरुले लगाएका थिए। जवाफमा च्यूले त्यसलाई ठाडै अस्वीकार गरेका छन्।

सिनटेर टम कटनले च्यूसँग उनी चिनियाँ कम्युनिष्ट पार्टीको कार्यकर्ता रहेको विषयमा समेत स्पष्ट पार्न उनलाई मौका दिएका थिए। उनले आफू सिंगापुरको भएको र आफूसँग सिंगापुरको पासपोर्ट रहेको बताए। 

माघ १८, २०८० बिहीबार ११:५५:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।