लाल सागरमा अमेरिका व्यापारिक जहाजमाथि हुथी समूहद्वारा पुनः आक्रमण

लाल सागरमा अमेरिका व्यापारिक जहाजमाथि हुथी समूहद्वारा पुनः आक्रमण

एजेन्सी : यमनको हुथी समूहले लाल सागरमा अमेरिकी व्यापारिक जहाजमाथि आक्रमण गरेको छ।

बुधबार राति आफूहरूले जहाजमाथि आक्रमण गरेको र उक्त जहाजको नाम केओआई राखिएको हुथी समूहले जनाएको छ।

समुन्द्री सुरक्षा फर्म एम्ब्रेले यमनको अडेन बन्दरगाहको दक्षिणमा चलिरहेको एक जहाजले विस्फोटको सूचना दिएको थियो। यद्यपि एम्ब्रेले उक्त जहाजको नाम भने बताएको छैन।

यसैबीच अमेरिको यमनमाथि फेरि हवाई आक्रमण थालेको छ। उसले हुथी समूहले लन्च गर्ने १० ड्रोनलाई निशाना बनाएको जनाएको छ।

केओई बेलायतस्थित ओसियोनिक्स सर्भिसेजले सञ्चालन गरेको लाइबेरियन ध्वजाअंकित कन्टेनर जहाज भएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ।

गाजामा हमासमाथि इजरायलले गरेको आक्रमणपछि हुथी समूहले इजरायली, अमेरिकी र बेलायती व्यापारिक जहाजलाई लक्षित गर्दै आक्रमण गरिरहेको छ भने अमेरिका र बेलायतले हुथी समूहको मिसाइल भएको क्षेत्रमा आक्रमण बढाइरहेको छ।

माघ १८, २०८० बिहीबार ११:०९:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।