अझै बनेन ह्याक भएको त्रिविको वेबसाइट, उपकुलपति भन्छन्- ‘यो सामान्य कुरा हो’

अझै बनेन ह्याक भएको त्रिविको वेबसाइट, उपकुलपति भन्छन्- ‘यो सामान्य कुरा हो’

काठमाडौं : मंगलबार रातिदेखि ह्याक भएको त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट अझै बन्न सकेको छैन। कार्यालयको वेबसाइट टीयूइक्जामडटईडीयूडटएनपी आज पनि कुनै बेला खुल्ने र फेरि समस्या देखिने क्रम जारी छ।

अहिले वेबसाइट खोल्दा निमार्णको क्रममा रहेको सन्देश होमपेजमा देखिन्छ। त्यसअघि उक्त वेबसाइटको यूआरएल खोल्दा एउटा फेसबुक अकाउन्टमा रिडाइरेक्ट भइरहेकाे थियाे।

त्रिविको परीक्षासम्बन्धी वेबसाइट कक्षा १२ मा अध्ययनरत एक विद्यार्थीले ह्याक गरेका हुन्। त्रिविले माघ १५ देखि परीक्षासम्बन्धी सबै सेवा अनलाइनमार्फत दिने बताएको थियो।

यसैबीच त्रिविले अनलाइन प्रणालीमार्फत सेवा दिने भनेकै भोलिपल्ट परीक्षा तथा नतिजासम्बन्धी वेबसाइट ह्याक हुनुलाई उपकुलपति प्रा.डा. शिवलाल भुसालले सामान्य भएको बताए।

डा. भुसालले भने, ‘ह्याक हुनु सामान्य कुरा हो। सेना, पेन्टागनका साइट त ह्याक हुन्छन्।’

उनले यसबारे आफूलाई बढी थाहा नहुने पनि बताए।

१७ माघ, २०८०, १८:२९:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।