पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानलाई १० वर्षको जेल सजाय

पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानलाई १० वर्षको जेल सजाय

एजेन्सी : पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र पूर्वविदेशमन्त्री शाह महमुद कुरैशीलाई १० वर्षको जेल सजाय सुनाइएको छ।

खानको पाकिस्तान तहरीक–ए–इन्साफ पार्टी पिटीआईका प्रवक्ता जुल्फिकार बुखारीका अनुसार पाकिस्तानको पन्जाब प्रान्तस्थित रावलपिण्डीको जेलमा स्थापित विशेष अदालतले आज यो सजाय सुनाएको हो।

अदालतले पूर्वप्रधानमन्त्री खान र उनको पार्टीका एक सदस्यले देशको गोप्य सूचना चुहावट गरेको ठहर गरेको छ।

अप्रिल २०२२ मा संसदमा अविश्वासको प्रस्ताव पास भएर अपदस्थ भएका खान हाल भ्रष्टाचारको मुद्दामा तीन वर्षको जेल सजाय काटिरहेका छन्। आउँदो फेब्रुअरी ८ मा हुने आमनिर्वाचनको करिब एक साताअघि पाकिस्तानको प्रमुख प्रतिपक्षी नेताका रूपमा रहेका खानविरुद्ध सजाय तोकिएको छ।

उनले आफूलाई निर्दोष बताउँदै आएका छन् ।

१६ माघ, २०८०, १५:१५:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।