यसरी लिन सकिन्छ ट्रान्सक्रिप्ट लगायतका त्रिविका अनलाइन सेवाहरू

यसरी लिन सकिन्छ ट्रान्सक्रिप्ट लगायतका त्रिविका अनलाइन सेवाहरू

काठमाडौं : त्रिभुवन विश्वविद्यालयले आजदेखि अनलाइन सेवा सुरू गरेको छ।

त्रिविले आज प्रेस विज्ञप्ति जारी गर्दै कार्यालयबाट प्रदान गरिने ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, पुनर्योग, प्रतिलिपि, विवरण सच्याउने लगायतका सेवा अनलाइनबाटै लिन सकिने जानकारी दिएको छ।

‘आज मिति २०८० माघ १५ गते सोमबारका दिन त्रिभुवन विश्वविद्यालय र यस कार्यालयका सम्पूर्ण पदाधिकारी तथा कर्मचारीको समुपस्थितिमा त्रिभुवन विश्वविद्यालयका उपकुलपतिज्यूबाट एक विशेष समारोहबीच कम्प्युटर क्लिक गरी अनलाइन सेवाको शुभारम्भ भयो,’विज्ञप्तिमा उल्लेख छ।

यसरी लिन सकिन्छ अनलाइन सेवाहरू

त्रिविका अनुसार त्रिवि पनिका बल्खुद्वारा प्रदान गरिने सेवाहरू ट्रान्सकृष्ट, प्रोभिजनल, प्रमाण (पत्र, मूल प्रमाण-पत्र, पुनर्योग र करेक्सनका लागि tuexam.edu.np मा login गरी दिएको निर्देशन अनुसारको विवरण तथा प्रमाणहरू संलग्न गरी नेपाल बैंक लिमिटेड वा ग्लोबल आइ एम ई बैंकमध्ये एउटा बैंक छनौट गरी तोकिएको शुल्क तिरी submit गर्नु पर्छ।

अनलाइन फारम २४ सै घण्टा उपलब्ध हुनेछ र सोको कार्यान्वयन कार्यालय समयभित्र सम्बन्धित कर्मचारीले रुजु गरी प्रथम चरणमै ठिक भए ठिक छ र नभएको खण्डमा निर्देशनसहित आवेदकलाई जानकारी पठाइन्छ र आवेदकले निर्देशन बमोजिमका विवरण पेस गरेको खण्डमा पुनः प्रकृयामा संलग्न हुन्छ।

‘त्यसैगरी, सच्याउनुपर्ने अवस्था भए सो को जानकारी सम्बन्धित आवेदकलाई पठाइन्छ, आवेदकलाई निजले पाउने सेवाको प्रत्येक चरणको notification dash board मा देखिन्छ र प्रमाणपत्र तयार भए पछि तोकिएको स्थानबाट संकलन गर्न समेत सूचना प्रवाह हुने भएकोले आफूले अनलाइन फारम submit गरिसकेपछि e-mail status हेरी आवश्यक निर्देशन पालना गर्नुपर्ने छ,’सूचनामा उल्लेख छ।

प्रमाण-पत्र संकलनको लागि सम्बन्धित क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयमा सम्पर्क गर्नुपर्ने छ र हाललाई आवेदन फारम भरेको मितिले सबै प्रकृया मिलेको खण्डमा एक हप्ताभित्र उपलब्ध गराइने त्रिविले जनाएको छ।

१५ माघ, २०८०, १४:११:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।