सिन्धुपाल्चोक कारागारमा एक कैदीको मृत्यु

सिन्धुपाल्चोक कारागारमा एक कैदीको मृत्यु

काठमाडौं : जिल्ला कारागार सिन्धुपाल्चोकमा रहेका एक कैदीको मृत्यु भएको छ।

मृत्यु हुनेमा मेलम्ची नगरपालिका-१० बकुवाटोल घर भएर कर्तव्य ज्यान मुद्दामा कारागारमा रहेका ५३ वर्षीय कृष्ण नेपाली रहेका छन्।

उनी २०७५ सालदेखि जिल्ला कारागारमा थिए। दिउँसो घाममा बसिरहेका उनी एक्कासी ढलेर बोल्न नसक्ने भएपछि प्रहरीले जिल्ला अस्पताल लगेका थिए।

अस्पताल लैजानेबित्तिकै डाक्टरले उनलाई मृत घोषणा गरेका थिए। मृत्युको कारण जिल्ला प्रहरी कार्यालयले खुलाएको छैन।

१५ माघ, २०८०, ०९:०२:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।