मंगलबार २९ बैशाख, २०८३
सुनचाँदीको मूल्य स्थिर
काठमाडौं : नेपाली बजारमा सुनचाँदीको मूल्य तीन दिनदेखि स्थिर छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत बिहीबारदेखि छापावाल सुन प्रतितोला एक लाख १८ हजार रूपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै, तेजाबी सुन पनि तीन दिनदेखि नै प्रतितोला एक लाख १७ हजार ४५० रूपैयाँमा कारोबार हुँदै आएको छ।
आज चाँदी तोलाको एक हजार ४०० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
चाँदी पनि बिहीबारदेखि नै यही मूल्यमा कारोबार हुँदै आएको छ।
माघ १४, २०८० आइतबार १२:५९:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।