बेनिशा र मनोजको स्वरमा ‘सँगै हाँस्नु छ’

बेनिशा र मनोजको स्वरमा ‘सँगै हाँस्नु छ’

काठमाडौं : पछिल्लो पुस्ताकी चर्चित गायिका बेनिशा पौडेल र मनोज खनालको स्वरमा ‘सँगै हास्नु छ’गीतको भिडियो सार्वजनिक भएको छ।

शुक्रबार निर्माण टिमले सरोज पोखरेलको युटुब च्यानलमार्फत गीतको भिडियो रिलिज गरेका हुन्। गीतमा युवायुवतीबीचको प्रेमलाई वर्णन गरिएको छ।

आफूले माया गरेको मान्छेलाई सँगै हास्न र सँगै रुनुछ भन्ने भाव व्यस्त गीतमार्फत भन्न खोजिएको छ।

प्रेमिल भावको गीतमा विष्णु भण्डारीको शब्द, सरोज पोखरेलको संगीत रहेको छ भने एरेन्ज देबेश राईले गरेका छन्।

गीतको भिडियोमा स्मारिका ढकाल र सरोज पुडासैनीले अभिनय गरेका छन्। दिनेश पराजुलीको छायांकन, राकेश दाहाल सम्पादन रहेको भिडियोलाई सजन कट्टेलले निर्देशन गरेका छन्।

यसअघि गायिका पौडलका ‘नछुटोस्’, ‘पर्दैन पर्दैन मलाई फकाउन’, ‘जहाँ छुन्छु’, ‘यो रातो गाला नी एकदिन त’ लगायत दर्जनौं गीतहरू चर्चामा छन्।

१३ माघ, २०८०, १२:४९:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।