७५औं गणतन्त्र दिवस मनाउँदै भारत, फ्रान्सका राष्ट्रपति प्रमुख अतिथि

७५औं गणतन्त्र दिवस मनाउँदै भारत, फ्रान्सका राष्ट्रपति प्रमुख अतिथि

एजेन्सी : भारतले आज ७५औं गणतन्त्र दिवस मनाउँदैछ।

७५औं गणतन्त्र दिवसको अवसरमा फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँ प्रमुख अतिथि हुनेछन्। उनी बिहीबार नै भारत पुगिसकेका छन्।

गणतन्त्र दिवसको परेड बिहान १०ः३० बजे विजयचोकबाट सुरु भई कर्तव्य मार्गमा जानेछ।

यस वर्षको परेडमा ७७ हजार मानिसको सिट क्षमता र १३ हजार विशेष अतिथिलाई आमन्त्रण गरिएको छ।

दिल्ली प्रहरीका विशेष प्रहरी आयुक्त (सुरक्षा) दीपेन्द्र पाठकले गणतन्त्र दिवसका लागि दिल्ली वरपर कडा सुरक्षा व्यवस्था मिलाइएको बताएका छन्।

१४ हजार सुरक्षाकर्मी ड्युटीमा खटाइने छन्।

यस वर्षको गणतन्त्र दिवसको नारा ‘विकसित भारत’ र ‘भारत- लोकतन्त्रको जननी’ तय गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

१२ माघ, २०८०, ०७:३९:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।