ब्रिटिस कलेज र क्यानडाको सेनेका कलेजबीच सहकार्यको सम्झौता

ब्रिटिस कलेज र क्यानडाको सेनेका कलेजबीच सहकार्यको सम्झौता

काठमाडौँ : द ब्रिटिस कलेज (टीबीसी)ले क्यानडाको शैक्षिक संस्था सेनेका कलेजसँग सहकार्यको सम्झौता गरेको छ। ब्रिटिस एजुकेसन ग्रुप अन्तर्गतको टीबीसीले आफ्नो दायरालाई अझै बृहत् बनाउनेक्रममा अन्तर्राष्ट्रिय शैक्षिक संस्था सेनेकासँग सहकार्य गरेको हो।

सोमबार सेनेका कलेजमा भएको कार्यक्रमबीच टीबीसीका सीईओ राजन कँडेल र सेनेकाका अध्यक्ष डेभिड एग्नेउले सहकार्यलाई औपचारिक रूप दिएका हुन्। सहकार्यसँगै टीबीसीका विद्यार्थीहरूले विश्वव्यापी शैक्षिक अनुभवको अवसर प्राप्त गर्नेछन्।

ब्रिटिस कलेजका सीईओ कँडेलले विद्यार्थीहरूलाई विश्वस्तरिय शिक्षा र विश्वव्यापी अवसर प्रदान गर्न प्रतिबद्धतासँगै सहकार्य मेल खाएको बताए। उत्कृष्टता र नवीनताको लागि सेनेका प्रतिष्ठित शैक्षिक संस्था भएकोले टीबीसीकोलागि यो ऐतिहासिक साझेदारी रहेको उनले बताए।

१० माघ, २०८०, १९:०९:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।