एनआरएनए निर्वाचन  छानबिन उच्चस्तरीय समिति गठन

एनआरएनए निर्वाचन  छानबिन उच्चस्तरीय समिति गठन

काठमाडौँ : सरकारले गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्वाचनको विवाद छानबिन गर्न समिति गठन गरेको छ।

गत असोजमा काठमाडौँमा आयोजित सङ्घको  ११ औँ महाधिवेशनमा अनलाइनबाट गराइएको निर्वाचन विवादमा परेको छ। निर्वाचनमा धाँधली भएको दाबी गर्दै एक पक्ष विपक्षमा उभिएको छ।

मन्त्रिपरिषद्ले महान्यायाधिवक्ताको कार्यालयका सह महान्यायाधिवक्ता ध्रुवकुमार चौहानको संयोजकत्वमा परराष्ट्र मन्त्रालयका सहसचिव, लेखाका  उपसचिव तथा  प्रहरी वरिष्ठ उपरीक्षक रहने गरी छानबिन समिति गठनको निर्णय भएको सञ्चार मन्त्री रेखा शर्माले बताइन् । समितिलाई १५ दिनको म्याद दिइएको उनले बताइन्।

१० माघ, २०८०, १९:०२:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।