मणिपुरमा असम राइफल्सका सिपाहीले आफ्नै सहकर्मीमाथि गाेली चलाउँदा छ जना घाइते

मणिपुरमा असम राइफल्सका सिपाहीले आफ्नै सहकर्मीमाथि गाेली चलाउँदा छ जना घाइते

एजेन्सी : मणिपुरमा असम राइफल्सका एक सिपाहीले आफ्नै सहकर्मीमाथि गोली प्रहार गरेका छन्। यस हमलामा ६ सैनिक घाइते भएका छन्।

मणिपुर प्रहरीले यस विषयमा एक विज्ञप्ति जारी गर्दै यो घटना मणिपुरमा जारी हिंसाभन्दा पूर्णतया फरक भएको र यसलाई हिंसासँग जोड्न नहुने बताएको छ।

मणिपुर प्रहरीले भन्यो, ‘दक्षिणी मणिपुरमा भारत-म्यानमार सीमामा तैनाथ असम राइफल्सका सिपाहीले गोली चलाएको छ।’

घाइते सैनिकहरू मध्ये कोही पनि मणिपुरका नभएको प्रहरीले जनाएको छ। छ जनालाई गोली हानेपछि ती सैनिकले आफैँलाई गोली हानेका थिए।

घाइते सबैको सैनिक अस्पतालमा उपचार भइरहेको र उनीहरुको अवस्था सामान्य रहेको बताइएको छ।

१० माघ, २०८०, १२:४८:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।