सिन्धुपाल्चोकमा आफन्तको बिहेमा गएका पुरुषको शव भेटियो

सिन्धुपाल्चोकमा आफन्तको बिहेमा गएका पुरुषको शव भेटियो

सिन्धुपाल्चोक : जिल्लाको सुनकोशी गाउँपालिका-५ बरपिपलमा आफन्तको बिहेमा गएका एक जनाको शव भेटिएको छ।

मृत्यु हुनेमा सोही ठाउँका ५६ वर्षीय बागबहादुर तामाङ रहेका छन्। सोमबार आफन्तको बिहेमा गएका उनी मंगलबारसम्म पनि सम्पर्कमा आएका थिएनन्।

त्यसपछि आफन्तले खोजतलास गर्ने क्रममा घरदेखि १ किलोमिटर पूर्व सडकदेखि १ सय मिटर तल बागबहादुर मृत अवस्थामा भेटिएका थिए।

ईलाका प्रहरी कार्यालय जलबिरेबाट खटिएको प्रहरी टोलीले शवको मुचुल्का उठाई पोस्टमार्टमको लागि प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसे पठाइएको छ।

१० माघ, २०८०, ०९:२५:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।