माउन्ट एभरेष्ट पावरले २५ लाख ८० हजार कित्ता आईपीओ जारी गर्दै

माउन्ट एभरेष्ट पावरले २५ लाख ८० हजार कित्ता आईपीओ जारी गर्दै

काठमाडौं : माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडको आफ्नो जारी पूँजीको ३० प्रतिशत हुन आउने २५ लाख ८० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय तथा सर्वसाधारणको लागि निष्काशन गर्ने भएको छ।

जसको लागि एनआइएमबि एस क्यापिटल लिमिटेड र माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडबीच धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सेवा सम्झौता गरिएको छ।

उक्त शेयर निष्काशन सम्बन्धी सम्झौतापत्रमा माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडका तर्फबाट अध्यक्ष अर्जुन प्रसाद पौडेल र एनआइएमबि एस क्यापिटल लिमिटेडका तर्फबाट महाप्रबन्धकसचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका हुन्।

माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले दुधकुण्ड खोलाको पानी प्रयोग गरी १२ मेगावाट क्षमताको दुधकुण्ड खोला जलविद्युत आयोजना निर्माण गर्दै आईरहेको छ। सोलुखुम्बु जिल्लामा अवस्थित उक्त आयोजनाको निर्माण कार्य ८० प्रतिशत भन्दा बढी सम्पन्न भइसकेको छ।

उक्त सम्झौता अन्तर्गत एनआइएमबि एस क्यापिटल लिमिटेडद्वारा माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडको साधारण शेयरहरु सार्वजनिक निष्काशन तथा व्यवस्थापन सम्बन्धी सम्पूर्ण कार्यहरुमा धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको सेवा प्रदान गरिनेछ।

९ माघ, २०८०, ०८:५३:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।