एम्यपीयर ईभी स्कुटर अब पोखरामा, एक पटकको चार्जमा १३६ किलोमिटर माइलेज

एम्यपीयर ईभी स्कुटर अब पोखरामा, एक पटकको चार्जमा १३६ किलोमिटर माइलेज

काठमाडौं : नेपालका लागि एम्यपीयर विद्युतीय स्कुटरको आधिकारिक विक्रेता एसटीसी अटो सोलुसनले पोखरामा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ। 

पोखराको बुद्धचोकस्थित डीएनबी ट्रेडले शोरुम सञ्चालनमा ल्याएर वैशाख ३१ गतेदेखि एम्यपीयर नेक्सस ईएक्स मोडलको बिक्री सुरु गरेको छ।

भारतीय कम्पनी ग्रीभ्स इलेक्ट्रिक मोबिलिटीद्वारा उत्पादित स्कुटरमा ३.९ किलोवाट क्षमताको मोटर र ३ किलोवाट आवरको एलएफपी ब्याट्री प्रयोग गरिएको छ। कम्पनीका अनुसार एक पटकको पूर्ण चार्जमा स्कुटरले १३६ किलोमिटरसम्मको माइलेज दिन्छ।

स्कुटरको ब्याट्री प्याक घरमै करिब साढे ३ घण्टामा चार्ज गर्न सकिने विज्ञप्तिमा उल्लेख छ। बजार मूल्य ३ लाख ३५ हजार रुपैयाँ तोकिएको यस मोडलमा रिभर्स मोडसहित पाँच वटा राइड मोडहरू उपलब्ध छन्। 

स्कुटरमा एलोय ह्विल, डिस्क ब्रेक, एलईडी लाइट र यूएसबी चार्जर जस्ता आधुनिक विशेषताहरू समावेश गरिएको छ। कम्पनीले ब्याट्रीमा ५ वर्ष वा ७५ हजार किलोमिटरसम्मको वारेन्टी उपलब्ध गराएको छ।

जेठ ३, २०८३ आइतबार ०८:४८:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।