निर्मलको ‘छम्म नाचौँ, छप्प नाचौँ’मा सरोज खनालदेखि छन्देसम्मको ठुम्का

निर्मलको ‘छम्म नाचौँ, छप्प नाचौँ’मा सरोज खनालदेखि छन्देसम्मको ठुम्का

काठमाडौं : निर्मलराज पौडेलेको स्वरमा नयाँ गीत ‘छम्म नाचौँ, छप्प नाचौँ’ सार्वजनिक भएको छ।

आज काठमाडौँमा एक कार्यक्रम गरि गीत सार्वजनिक गरिएको हो।

गीतको भिडियोमा निर्मलका अलावा सरोज खनाल, विजय लामा, रमेश उप्रेती, किरण केसी, राजाराम पौडेल, धिरेन शाक्य, रवीन्द्र खड्का, गजित बिस्ट, गम्भीर बिस्ट, सुनिल कटवाल, खुश्बु खड्का, गोपाल ढकाल छन्दे, रोहित कार्की लगायतका कलाकारले अभिनय गरेका छन्।

गीतलाई विज्ञापन व्यवसायी, गायक तथा गीतकार निर्मलराज पौडेलले गाएका हुन्। गीतको शब्द पनि उनैले लेखेका हुन्। संगीत भने मोहित मुनालले भरेका छन्।

गीतको भिडियोमा मनीष पौडेलको निर्देशन, गम्भीर विष्टको कोरियोग्राफी, महेश पौडेलको छायाङ्कन रहेको छ।

निर्मलले १५ वर्षपछि जम्बो कलाकारलाई अभिनय गराउँदै आफ्नो स्वरमा गीत स्रोतामाझ ल्याएका हुन्।

कार्यक्रममा गायक पौडेलले अन्य गायक गायिकाको भन्दा पृथक् शैलीको गीत ‘छम्म नाचौँ छप्प नाचौँ’ गाएको बताए।

यसअघि निर्मलले फिल्म ‘कमस’, ‘प्रिती’ ‘पुकार’ र ‘आमाको माया’मा समेत अभिनय गरिसकेका छन्।

८ माघ, २०८०, १८:३९:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।