५० वर्षीया प्रेमिकासँग लिभिङ टुगेदर, रक्सीको तालमा हत्या गरेर खाटमुनि शव

५० वर्षीया प्रेमिकासँग लिभिङ टुगेदर, रक्सीको तालमा हत्या गरेर खाटमुनि शव

काठमाडौँ : काठमाडौँको शोभाभगवतीमा महिलाको हत्या गरेर भारत पुगेका इकरामुल हक अन्सारीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले विशेष भारतको बिहार दरभङ्गाका ४३ वर्षीय अन्सारीलाई आइतबार पक्राउ गरेको हो।

सरिता गिरीको भुईँ तलामा तीन महिनादेखि बन्द रहेका कोठामा ५० वर्षीया सफिना मियाको शव फेला परेको थियो। कोठामा अन्सारीसमेत बस्ने गरेको खुले पनि उनी भागेर भारत पुगिसकेका थिए।

काठमाडौँबाट सुमो चढेर वीरगञ्जहुँदै रक्सौलबाट भारत छिरेका उनी पक्राउ पर्ने डरले एकै ठाउँमा बसेनन्। उनी कहिले गुजरात त कहिले लखनउमा बस्ने गरेका थिए। उनी नेपालमा रहेका साथीहरूबाट प्रहरीले उनको खोजी गरिरहेको छ या छैन भन्ने सूचना लिने गरेका थिए।

नेपालमा प्रहरीले खोजी नै नगरेको सूचनाको आधारमा उनी नेपाल फर्किएर कालीमाटीमा रहेको दिलीप शाहको विएन फेसन गार्मेन्टमा काम गर्दै आएका थिए। अन्सारी नेपालमा रहेको सूचना आएपछि खोजी गर्दा प्रहरीले उनलाई कालीमाटीमै फेला पार्यो।

मदिराको अम्मली रहेका उनी ८-९ वर्षदेखि नेपालमा बसेर गार्मेन्टमा काम गर्दै आएका थिए। गार्मेन्टमा सिलाइको काम गर्ने उनी एक वर्षदेखि सफिनासँगै स्वयम्भूमा डेरामा बस्ने गरेका थिए।

मदिराको अम्मली रहेका उनी र सफियाविच झगडा हुनेक्रममा उनले काठको आग्लोले हानेर सफिनाको हत्या गरेर शव सलले बेरेर खाटमुनी राखेर भागेका थिए। कोठा बाहिरबाट ताल्चा लगाएको देखेपछि घरबेटी र छिमेकीले समेत वास्ता गरेनन्। तीन महिनासम्म कोही नफर्किएपछि प्रहरीले खबर पाएर कोठा खोलेर हेर्दा शव फेला परेको थियो।

लिभिङ टुगेदरमा थिए दुवै

जिल्ला प्रहरी परिसर  काठमाडौँका प्रमुख एसएसपी भूपेन्द्र खत्रीका अनुसार अन्सारी र मियाँ नौ महिनादेखि लिभिङ टुगेदरमा बस्दै आएका थिए। उनीहरूबिच बेला बेलामा झगडा हुन थालेपछि कात्तिक पहिलो साता अन्सारीले रक्सी खाएर काठको आग्लोले मियाँलाई मरणासन्न हुनेगरि कुटेका थिए।

कुटपिटपछि उनकै सलले  घाँटी थिचेर हत्या गरेका थिए। हत्यापछि शव खाटमुनि लुकाएर उनी कोठाको ढोकामा ताला लगाएर चाबी फालेर बल्खुहुँदै सुमो चढेर वीरगन्ज गएका थिए। त्यहाँबाट रक्सौल, गुजरात, लखनउहुँदै भारतका विभिन्न स्थानमा करिब २ महिना लुकीछिपी बसेको उनले जानकारी दिए।

७ माघ, २०८०, १८:०९:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।