गाजामा युद्ध विरामको माग गर्दै जोर्डनमा प्रदर्शन

गाजामा युद्ध विरामको माग गर्दै जोर्डनमा प्रदर्शन

 

एजेन्सी : गाजामा युद्ध विरामको माग गर्दै जोर्डनमा सयौं प्रदर्शनकारीहरू सडकमा उत्रिएका छन्।

उनीहरूले गाजा पट्टीमा युद्ध विरामको आह्वान गर्दै जोर्डनको राजधानी अम्मानमा अमेरिकी दूतावास नजिकै उनीहरूले प्रदर्शन गरेका हुन्।

सय दिन लचिलोपन भन्ने नारा अन्तर्गत प्रदर्शनकारीहरूले ब्यानरहरू प्रदर्शन गरेका थिए। प्रदर्शनकारीहरूले गाजामा थप सहायता पुर्याउन पनि आग्रह गरे।

जोर्डनका विभिन्न संघ र पार्टी र आदिवासी जनजातिहरू विरोध प्रदर्शनमा सहभागी भएका थिए।

गाजापट्टीमा जारी इजरायली हमलाबाट मृत्यु हुने प्यालेस्टाइनीको संख्या २४ हजार ७६२ पुगेको छ।

त्यस्तै, इजरायली सेनाबाट गत २४ घण्टामा १४२ प्यालेस्टाइनी मारिएका छन् भने जारी इजरायल–हमास द्वन्द्वले ७ अक्टोबर २०२३ बाट हालसम्म ६२ हजार १०८ जना घाइते भएका छन्।

७ माघ, २०८०, ०९:१५:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।