गाजामा मृत्यु हुने प्यालेस्टाइनीको संख्या २४ हजार नाघ्यो

गाजामा मृत्यु हुने प्यालेस्टाइनीको संख्या २४ हजार नाघ्यो

एजेन्सी : इजरायल–हमास द्वन्द्वमा इजरायली हमलाबाट मृत्यु हुने प्यालेस्टाइनीको संख्या २४ हजार ७६२ पुगेको छ।

इजरायली सेनाबाट गत २४ घण्टामा १४२ प्यालेस्टाइनी मारिएका छन्। २७८ जना घाइते भएका छन्।

जारी इजरायल–हमास द्वन्द्वले ७ अक्टोबर २०२३ बाट हालसम्म ६२ हजार १०८ जना घाइते भएका छन्।

७ अक्टोबर २०२३ देखि वेस्ट बैंकमा इजरायली आक्रमणबाट कम्तिमा ३६८ प्यालेस्टाइनी मारिएका छन्।

६ माघ, २०८०, १४:२८:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।