पत्रकारको पारिश्रमिक बढाउन मन्त्रिपरिषद्‌मा प्रस्ताव पेस

पत्रकारको पारिश्रमिक बढाउन मन्त्रिपरिषद्‌मा प्रस्ताव पेस

काठमाडौं : सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पत्रकारको पारिश्रमिक पुनरावलोकनका लागि मन्त्रिपरिषद्‌मा प्रस्ताव पेस गरेको छ।

आज आफ्नो एक वर्षे कार्यकालको लिखित प्रतिवेदन सार्वजनिक गर्दै सरकारकी प्रवक्ता रेखा शर्माले श्रमजीवी पत्रकारको पारिश्रमिक पुनरावलोकनका लागि मन्त्रिपरिषद्‌मा प्रस्ताव पेस गरिएको जानकारी दिइन्।

उनले भनिन्, 'पाँच वर्षदेखि वृद्धि हुन नसकेको श्रमजीवी पत्रकारको पारिश्रमिक पुनरावलोकनका लागि मन्त्रिपरिषद्‌मा प्रस्ताव पेस गरिएको छ।'

सञ्चारमन्त्री शर्माले सूचना प्रविधिमा महिलाको क्षमता अभिवृद्धि कार्यक्रम अघि बढाइएको, सामाजिक सञ्जाल नियमनको थालनी गरिएको, चलचित्र क्षेत्रको प्रवर्द्धनको सवाल तथा हुलाक र सुरक्षण मुद्रणको पुनर्संरचना गरिएको पनि बताइन्।

४ माघ, २०८०, १८:१८:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।