गौशला २६ भन्दै युवतीको फोटो सार्वजनिक गर्ने पक्राउ

गौशला २६ भन्दै युवतीको फोटो सार्वजनिक गर्ने पक्राउ

 

काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेबाट पीडित भएकी युवती भन्दै एक युवतीको फोटो सार्वजनिक गर्नेलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा संखुवासभाको चिचिला गाउँपालिका-३ का ३२ वर्षीय केशरमान राई छन्।

पक्राउ परेका राईले 'गौशला २६' भन्दै एक युवतीको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेका थिए।

प्रहरीको साइबर ब्युरोले उनलाई संखुवासभाबाट आजै पक्राउ गरी काठमाडौं ल्याएको छ। ब्युरो स्रोतका अनुसार उनीविरूद्ध सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।

एक युवतीले उनीविरूद्ध साइबर ब्युरोमा केही दिनअघि जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको हो।

३ माघ, २०८०, १६:३२:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।