त्रिविले अब ट्रान्सकिप्टलगायतका सेवा अनलाइनबाटै दिने

त्रिविले अब ट्रान्सकिप्टलगायतका सेवा अनलाइनबाटै दिने

काठमाडौं : त्रिभुवन विश्वविद्यालयले यही माघ १५ गतेदेखि ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, पुनर्योग, प्रतिलिपि, करेक्सन लगायतका सेवा अनलाइनबाट दिने भएको छ।

त्रिविले आज एक सूचना जारी गर्दै केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको बताएको छ।

योसँगै अब त्रिविबाट त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खु र क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयहरूद्वारा दिइने सेवाहरू अनलाइनबाट दिइने छ।

‘त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खु र क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयहरूद्वारा दिइने सेवाहरू (ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, पुनर्योग, प्रतिलिपि, करेक्सन) अनलाइन माध्यमबाट इ पेमेन्टको सुविधासहित यही मिति २०८० माघ १५ गते सोमबारदेखि संचालन गर्ने निर्णय भएकोले सो को कार्यान्वयन विधिसहित विस्तृत जानकारी त्रिवि पनिका बल्खको वेबसाईटमा यही मिति २०८० माघ १० गतेका दिन प्रविष्ट गरिने ब्यहोरासमेत सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ सूचनामा उल्लेख छ।

​​​​​​​

२ माघ, २०८०, १६:४८:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।