डेनमार्कका युवराज फ्रेडरिक राजा घोषित

डेनमार्कका युवराज फ्रेडरिक राजा घोषित

 

एजेन्सी : डेनमार्कका युवराज फ्रेडरिक नयाँ राजा बनेका छन्।

फ्रेडरिकलाई आइतबार प्रधानमन्त्रीले औपचारिक रूपमा राजा घोषणा गरिन्।

अघिल्लो दिन, डेनिस रानी मार्गरेटले गद्दी परित्यागको घोषणामा हस्ताक्षर गरेसँगै तत्कालीन युवराज फ्रेडरिकलाई राजगद्दी हस्तान्तरण गरिएको हो। ५२ वर्षसम्म शासन सम्हालेपछि ८३ वर्षीय महारानी मार्गरेट द्वितीयाले नयाँ वर्षको सम्बोधनको क्रममा पद त्यागेर युवराज फ्रेडरिकलाई शासन सुम्पिने घोषणा गरेकी थिइन्।

डेनिस सम्राट फ्रेडरिकलाई हेर्न राजदरबार अगाडि हजारौं संख्यामा मानिसहरू भेला भएका थिए।

१ माघ, २०८०, १४:५६:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।