सतप्रतिशत शिक्षक खुल्ला प्रतिस्पर्धाबाट नियुक्त गर्न अखिल क्रान्तिकारीको माग

सतप्रतिशत शिक्षक खुल्ला प्रतिस्पर्धाबाट नियुक्त गर्न अखिल क्रान्तिकारीको माग

 

काठमाडौं : माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल (अखिल क्रान्त्रिकारी)ले खुला प्रतिस्पर्धाबाट शिक्षक नियुक्ति गर्नुपर्ने माग गरेको छ।

आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै युनियनकी अध्यक्ष पन्चा सिंहले शत प्रतिशत शिक्षक खुला प्रतिस्पर्धाबाट नियुक्ति गर्नुपर्ने माग राखेकी हुन्।

विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथिको छलफलमा बोल्दै उनले शिक्षामा २० प्रतिशत लगानी गर्नु पर्ने पनि माग गरिन्।

उनले निजी विद्यालयको कुरा विधेयकबाट खारेज गर्नुपर्ने बताइन्। 

२९ पुस, २०८०, १३:४६:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।