लक्ष्मी सन्राइज बैंकले शेयरधनीलाई सात प्रतिशत बोनस शेयर दिने

लक्ष्मी सन्राइज बैंकले शेयरधनीलाई सात प्रतिशत बोनस शेयर दिने

काठमाडौं : लक्ष्मी सन्राइज बैंकले शेयरधनीहरूलाई सात प्रतिशत बोनस शेयर दिने भएको छ।

बिहीबार काठमाडौंमा सम्पन्न बैंंकको २३औं साधारण सभाले २०७९/८० सम्मको सञ्चित मुनाफाबाट शेयरधनीहरूलाई ७ प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित गरेको हो।

यस्तै सभाले सञ्चालक समितिको प्रतिवेदन तथा अर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण पारित गरेको छ।

साथै साधारण सभाले संस्थापक शेयरधनीको तर्फबाट रमण नेपाल र मनोज कुमार भट्टराई तथा सर्वसाधारण शेयरधनीको तर्फबाट स्वाती रुङ्गटा र दिनेश पौड्याललाई सञ्चालक समितिमा निर्वाचित गरेको छ।

नवनियुक्त सञ्चालक समितिकोे सोही दिन बसेको बैठकले रमण नेपाललाई सञ्चालक समितिको अध्यक्षमा नियुक्त गर्ने निर्णय पनि गरेको छ। 

पुष २७, २०८० शुक्रबार १३:२७:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।